गजल at 8:39 PM यो दिल दुखाउन आफन्तै आउँछन् पिडामा मुस्कुराउन आफन्तै आउँछन् स्वार्थि समाजको कुरा त के गर्नु र दु:खमा रमाउन आफन्तै आउँछन् सुखि बनेर त हेर्नुस् एकपटक घर भत्काउन आफन्तै आउँछन् धन सम्पत्तिको घमण्ड नगर्नुस् मित्र चोर पठाउन आफन्तै आउँछन् यो गजलकार त्यसै बौलाएकै होईन पागल बनाउन आफन्तै आउँछन्