यो मनमा डर कसले बनायो होला
अनि फेरि रहर कसले बनायो होला

एकै नजरमा भुतुक्कै बनाउने
नशालु ति नजर कसले बनायो होला

न बोल्न सक्छ न सुन्न नै सक्छ
भगवान र पथ्थर कसले बनायो होला

जति दिए नि मुस्कानलाई कम मात्र हुने
सराव अनि जहर कसले बनायो होला

No comments