गजल at 11:40 PM नजिक आई तिमि पर सर्यौ र त रोए जानि जानि दिलमा प्रहार गर्यौ र त रोए देउरालि भाकेर भुल्यौ कसम खाको पराईकै भरमा सधै पर्यौ र त रोए उकालिमा एक्लै हुँदा मागेर साथ ओरालिमा तिमि एक्लै झर्यौ र त रोए वरपिपलको जोडि तिमिले आज छुटाएर अर्कैको सिन्दुर शिरमा भर्यौ र त रोए