
अहिले आफ्नो पर्सनल वेवसाईट/ब्लग बनाउनेहरुको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । नेता, कलाकार, साहित्यकार, संगितकार, गायक, उद्योगि व्यवसायी देखि लिएर सामान्य व्यक्तिमा पनि वेवसाईट/ब्लग बनाउने लहर चलिरहेको छ । आफ्ना विचार लेख, रचनाहरु, तस्विर भिडियोहरु साथिहरुसँग साट्न सजिलो भएकाले गर्दा वेवसाईट/ब्लग बनाउनेको लहर बढेको हो । तपाइहरुलाई पनि आफ्ना विचार लेख, रचनाहरु, तस्विर भिडियोहरु साथिहरुसँग साट्न चाहनुहुन्छ वा वेवसाईट ब्लग बनाउन चाहनुहुन्छ भने यो लेख तपाईलाई सहयोगि हुन सक्छ ।
ब्लग आफ्ना भावना, बिचार एक-अर्का संग साट्न मात्र होइन पैसा कमाउन पनि प्रयोग गर्न थालिएको छ।
ब्लग आफ्ना भावना, बिचार एक-अर्का संग साट्न मात्र होइन पैसा कमाउन पनि प्रयोग गर्न थालिएको छ।
ब्लग के हो र कहिलेबाट सुरु भयो ?
ब्लग यौटा अनलाईन डायरी हो जसमा तपाईलाई मनमा लागेका कुराहरु निर्धक्क भएर लेख्न सक्नु हुन्छ र इन्टरनेटको माध्यमबाट संसारभरि रहेका साथीहरुसंग तपाईका भावना, विचार, आदि साट्न सक्नुहुन्छ र इन्टरनेटकै माध्यमबाट सल्लाह, सुझाब वा प्रतिक्रिया लिन सक्नु हुन्छ। ब्लग शब्द वेबलग (Weblog) लागि छोटो रुप हो।
ब्लग सन् १९९० तिर सुरुवात भएको मानिन्छ। तर सन् २००० पछि मात्र यसको प्रयोग र बिकाश भएको पाइन्छ। अहिले ब्लगको व्यापक प्रयोग हुन थालेको छ।
ब्लग कसरी बनाउने ?
ब्लग निशुल्क बनाउन सकिन्छ। ब्लग बनाउनको लागि www.blogger.com , www.wordpress.com , www.joomla.com , प्रयोग गर्न सकिन्छ। आज म तपाईहरुलाई www.blogger.com बाट ब्लग बनाउन सिकाउछु।
सर्वप्रथम तपाईले जीमेलमा आफनो एकाउन्ट खोल्नुहोस् । त्यसपछि www.blogger.com खोल्नुहोस् र जिमेल Username र Password प्रयोग गरेर Sign In गर्नुहोस् ।
सर्वप्रथम तपाईले जीमेलमा आफनो एकाउन्ट खोल्नुहोस् । त्यसपछि www.blogger.com खोल्नुहोस् र जिमेल Username र Password प्रयोग गरेर Sign In गर्नुहोस् ।
त्यसपछि Create New Blog मा Click गर्नुहोस् । त्यसपछि Blog Title मा ब्लगको नाम/शीर्षक राख्नुहोस्, Blog Address मा तपाइले चाहेको ब्लगको ठेगाना राख्नुहोस् (जस्तै : www.nabin.blogspot.com) (तपाईले राख्ने रातो अक्षरमा देखाईएको जस्तो मात्र हो ) ध्यान दिनुहोस् तपाइले लेखेको ठेगानामा कतै पनि स्पेस हुनुहुँदैन । तपाइले लेखेको ब्लगको ठेगाना छ कि छैन भन्न Check Availability मा खोज्नुहोस् । यदि छ भने तपाइको Blog Address छ भन्ने लेखिएको हुन्छ यदि भएन भने त्यहां Sorry, this blog address is not available यस्तो म्यासेज आउंछ । त्यसपछि तपाईले ब्लग टेम्पलेट छान्नुपर्ने हुन्छ (ब्लग टेम्पलेट पछि पनि परिवर्तन गर्न सकिन्छ ) । ब्लग टेम्पलेट छानिसकेपछि Create Blog मा Click गर्नुहोस् ।
यति गरिसकेपछि तपाईको ब्लग/वेवसाईट तयार भयो ।
XML/HTML को ज्ञान छ भने यसको सहयोगबाट तपाईको ब्लग/वेवसाईटलाई थप आर्कषक बनाउन सक्नुहुनेछ ।
ब्लग/वेवसाईटमा पोष्ट कसरि गर्ने ?
ब्लग/वेवसाईटमा पोष्ट गर्न www.blogger.com मा Login गर्नुहोस् र पोस्ट गर्नुपर्ने ब्लगमा Click गर्नुहोस। ब्लग मा Click गरिसके पछि ब्लगको Dashboard खुल्छ, Dashboard खुलेपछि त्यहाँ रहेको New Post मा Click गर्नुहोस् । त्यसपछि Post Title लेखेको ठाँउमा Title र तल Content राख्नुहोस् अनि Publish गर्नुहोस् । तपाइको कन्टेन्ट को आधारमा कन्टेन्टलाई क्याटोगोराईज गर्न सक्नु हुन्छ, त्यसको लागि Labels बाट Choose गर्न सक्नुहुन्छ। पहिलो पटक Label आफै Type गर्नुपर्ने हुन्छ।
अब तपाईको पोष्टको Link बाड्नुहोस् र तपाईको पोष्टको त्यो Link प्रयोग गरि संसारको जुनसुकै ठाँउबाट तपाईको पोष्ट पढ्न-हेर्न सक्नुहुनेछ ।
kasari sare garne Blogpostko news facebook ma
ReplyDeletekehi shujab bhaye comment garnu hola.......
ReplyDelete