हो म पनि कुनै पार्टिको भोटर हो र मलाई त्यो पार्टि मनपर्छ । पार्टि मनपर्छ भन्दैमा यसले गरेको गलत कामको समर्थन गर्नुपर्छ र कुनै पार्टि मन पर्दैन भन्दैमा त्यसले गरेको राम्रो कामको पनि विरोध गर्नुपर्छ भन्ने मान्यता म राख्दिन ।
  सपना देख्नुपर्छ र सपना पुरा गर्न कडा मेहनत गर्नुपर्छ अनि मात्र सफल भईन्छ भन्नेमा मेरो पुर्ण सहमत छ । सपना देख्ने अनि मेहनत नगर्नेको सपना कसरि पुरा होला ।
 अहिले नेपालमा यहि घटना घटिरहेको छ । प्रम ज्युले सपना देखाईरहनु भएको छ र हामि जनता सपनामै समर्थन गरिरहेका छौ । हो नेपालमा रेल ल्याउने, नेपालले आफ्नै पानिजहाँज चलाउने कुरा असम्भव छैन तर रेल, पानिजहाँजको कुरा गरिरहँदा हामिसँगै रहेका नेपाल वायुसेवा, साझाबसलाई एकपटक सम्झिने कि ? यिनको हालत के छ एकपटक बुझ्ने कि ? हामिसँग रहेका कुरालाई व्यबस्थित गर्न सकिरहेका छैनौ तर हामि मेट्रो रेल र पानिजहाँजका स्वर्णिम सपना देखिरहेका छौ ।
सपनाको कुरा गरिरहँदा १० वर्षमा स्विजरल्याण्ड बन्ने सपना नदेखेका हौं र... त्यो सपना के भयो ?  यहि सरकारको कुरा गरौ १ वर्षमा लोडसेडिङ मुक्त गर्छु भनेको आज ८ महिना भईसक्यो, अब मात्र ४ महिना बाँकि छ त्यसमा के कति काम भयो कसैसँग केहि जानकारि छ ।
 सपना देखेर मात्र केहि हुँदैन मित्र सपना पुरा गर्न गर्नुपर्ने मेहनत गर्न जरुरि छ ।  रेल चढ्ने, पानिजहाँज चढ्ने, नेपाल धनि, समृद्ध भएको हेर्ने सपना हाम्रो पनि नभएको होईन, हामिले त्यसको विरोध गरेको पनि होईन । विरोध त सपना मात्र देख्ने, कम नगर्ने परिपाटिको गरेको हो ।

No comments