HI, I’M Nabin Sharma

About Me

My name is Nabin Sharma, I am an Engineer. I like Internet, web technology and photography. I am quick to grasp new ideas and concepts, and to develop innovative and creative solutions to problems. I am able to work well on my own initiative and can demonstrate the high levels of motivation required to meet the tightest of deadlines.

Even under significant pressure, I possess a strong ability to perform effectively. No matter if I am consulting, creating site designs, web development or doing search engine optimization I do it with zeal because I love my job. To reach to goals of my customers I always work closely together with them and pay my full attention to their conceivability.

My Services

Web designing

Graphic Designing

Content Writing

Integer hendrerit erat sed tellus pretium, eu sodales eros dignissim. Duis augue eros, mollis ac velit at, rutrum tincidunt ipsum. Morbi semper dui id fringilla semper. Etiam vulputate sagittis vestibulum. Vivamus ac ante cursus, feugiat ipsum et, aliquet justo. Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Iusto, minima soluta numquam perferendis illum alias omnis commodi error veritatis a esse nostrum asperiores recusandae.
  • Blogger 90%
  • Graphics 75%
  • Autocad 80%
  • Logo Design 98%

My Blog

डोमेन के हो ?
        सामान्य रुपमा बुझ्ने हो भने डोमेन भनेको कुनै पनि वेबसाइट/ब्लग को नाम वा ठेगाना हो, जसले वेवसाईट/ब्लग लाई सजिलै खोज्न सहयोग गर्छ । जस्तै:- www.nabinsharma.com.np, www.ekantipur.com, www.doe.gov.np, www.news24nepal.tv आदि। डोमेनले तपाईकाे Host Server (जसमा तपाईकाे वेबसाइट/ब्लग Store हुन्छ ) काे IP Address लार्इ Point गर्छ र तपार्इले कुनै Browser बाट डाेमेन राख्नु भयाे उक्त डाेमेन IP Address मा परिर्वतन हुन्छ र तपार्इकाे Host Server बाट तपार्इकाे वेबसाइट/ब्लग खुल्ने गर्छ ।
        डोमेन दर्ता गराउन शुल्क तिर्नु पर्ने हुन्छ तर कति कम्पनीले निशुल्क पनि उपलब्ध गराउने गर्छन। डोमेन एकपटक दर्ता गरे पछि सँधै भरिका लागि तपाईकै भइरहने भने हुदैन, तपाईले शुल्क बुझाए अनुसारको अवधिका लागि उक्त डोमेन तपाईको हुन्छ। डोमेनको शुल्क भने कम्पनी अनुसार फरक फरक हुने गर्छ।
         एउटै नामका धेरै डोमेनहरु पनि हुन सक्छन्। जस्तै:- www.nabinsharma.com, www.nabinsharma.com.np, www.nabinsharma.info, www.nabinsharma.net आदि। यस्ता सयौँ डोमेनहरु एउटै नाम nabinsharma बाट बन्न सक्छन्, किनभने एउटै नाममा बेग्लै टिएलडी (नामको पछाडिको डट वा थोप्लो पछाडि आउँने शब्दहरु जस्तै कम, नेट, ओआरजी आदिलाई टप लेभल डोमेन वा टिएलडि भनिन्छ ) थपिएर अर्कै डोमेन बन्छ । त्यसैले nabinsharma मात्र डोमेन होइन।

डाेमेनका प्रकार :-

TLD - Top Level Domain

  • .Com (commercial)
  • .Net (Network)
  • .org (organization)
  • .gov (government)
  • .edu (educational) अादि Top Level Domain हुन् ।


CcTLD - Country code Top Level Domain

  • .Com.np (commercial)
  • .Net.np (Network)
  • .org.np (organization)
  • .gov.np (government)
  • .edu.np – (educational) etc. अादि Country code Top Level Domain हुन् । फरक फरक देशमा CcTLD फरक फरक हुन्छ । जस्तै :- .np(Nepal), .in(India), .Au(Australia), .Us(United state america) अादि ।

(नेपालमा CcTLD डाेमेन मर्कन्टार्इल कम्न्युकेशन प्रा.लि.ले निशुल्क उपलब्ध गराउँछ । )

Sub Domain Name
        Sub Domain तपार्इकै Top Level Domain काे Part हाे । Top Level Domain लार्इ Divide गरेर Sub Domain बनाउन सकिन्छ । जस्तै :- nabinsharma.com.np मेराे Top Level Domain हाे, मैले यसलार्इ Divide गरेर blog.nabinsharma.com.np, travel.nabinsharma.com.np अादि Sub Domain बनाउन सक्छु । यसकाे लागि शुल्क तिर्न अावश्यक छैन ।


     CcTLD डोमेन (.np) नेपालमा कसरि दर्ता गराउने, डोमेनलाई ब्लग (Blogspot/Blogger) मा कसरि Connect गराउने आदि जान्नको लागि मेरो अर्को Post हेर्नुहोला।  अर्को  Post  चाडै  प्रकाशित गर्ने छु। 




no image
हो म पनि कुनै पार्टिको भोटर हो र मलाई त्यो पार्टि मनपर्छ । पार्टि मनपर्छ भन्दैमा यसले गरेको गलत कामको समर्थन गर्नुपर्छ र कुनै पार्टि मन पर्दैन भन्दैमा त्यसले गरेको राम्रो कामको पनि विरोध गर्नुपर्छ भन्ने मान्यता म राख्दिन ।
  सपना देख्नुपर्छ र सपना पुरा गर्न कडा मेहनत गर्नुपर्छ अनि मात्र सफल भईन्छ भन्नेमा मेरो पुर्ण सहमत छ । सपना देख्ने अनि मेहनत नगर्नेको सपना कसरि पुरा होला ।
 अहिले नेपालमा यहि घटना घटिरहेको छ । प्रम ज्युले सपना देखाईरहनु भएको छ र हामि जनता सपनामै समर्थन गरिरहेका छौ । हो नेपालमा रेल ल्याउने, नेपालले आफ्नै पानिजहाँज चलाउने कुरा असम्भव छैन तर रेल, पानिजहाँजको कुरा गरिरहँदा हामिसँगै रहेका नेपाल वायुसेवा, साझाबसलाई एकपटक सम्झिने कि ? यिनको हालत के छ एकपटक बुझ्ने कि ? हामिसँग रहेका कुरालाई व्यबस्थित गर्न सकिरहेका छैनौ तर हामि मेट्रो रेल र पानिजहाँजका स्वर्णिम सपना देखिरहेका छौ ।
सपनाको कुरा गरिरहँदा १० वर्षमा स्विजरल्याण्ड बन्ने सपना नदेखेका हौं र... त्यो सपना के भयो ?  यहि सरकारको कुरा गरौ १ वर्षमा लोडसेडिङ मुक्त गर्छु भनेको आज ८ महिना भईसक्यो, अब मात्र ४ महिना बाँकि छ त्यसमा के कति काम भयो कसैसँग केहि जानकारि छ ।
 सपना देखेर मात्र केहि हुँदैन मित्र सपना पुरा गर्न गर्नुपर्ने मेहनत गर्न जरुरि छ ।  रेल चढ्ने, पानिजहाँज चढ्ने, नेपाल धनि, समृद्ध भएको हेर्ने सपना हाम्रो पनि नभएको होईन, हामिले त्यसको विरोध गरेको पनि होईन । विरोध त सपना मात्र देख्ने, कम नगर्ने परिपाटिको गरेको हो ।
ब्लग के हो ? कसरी बनाउने ?
         आजभोलि प्रविधिले धेरै फड्को मारिसकेको छ । कम्प्युटर बजारमा आएसँगै डायरी लेख्नेहरुको संख्यामा कमि आयो । कारण कम्प्युटर थियो । डायरिमा लेख्ने कुरालाई कम्प्युटरमा लेखेर कम्प्युटरमै राख्न थालियो । विस्तारै ईन्टरनेटको पहुँच बढ्दै जाँदा आफुले लेखेको कुरा ईन्टरनेटको सहयोगमा विभिन्न सामाजिक संजाल र वेवसाईटको प्रयोग गरेर सबैले पढ्न मिल्ने बनाउन थालियो ।
       अहिले आफ्नो पर्सनल वेवसाईट/ब्लग बनाउनेहरुको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । नेता, कलाकार, साहित्यकार, संगितकार, गायक, उद्योगि व्यवसायी देखि लिएर सामान्य व्यक्तिमा पनि वेवसाईट/ब्लग बनाउने लहर चलिरहेको छ । आफ्ना विचार लेख, रचनाहरु, तस्विर भिडियोहरु साथिहरुसँग साट्न सजिलो भएकाले गर्दा वेवसाईट/ब्लग बनाउनेको लहर बढेको हो । तपाइहरुलाई पनि आफ्ना विचार लेख, रचनाहरु, तस्विर भिडियोहरु साथिहरुसँग साट्न चाहनुहुन्छ वा वेवसाईट ब्लग बनाउन चाहनुहुन्छ भने यो लेख तपाईलाई सहयोगि हुन सक्छ ।
         ब्लग आफ्ना भावना, बिचार एक-अर्का संग साट्न मात्र होइन पैसा कमाउन पनि प्रयोग गर्न थालिएको छ। 
    
ब्लग के हो र कहिलेबाट सुरु भयो ?
       ब्लग यौटा अनलाईन डायरी हो जसमा तपाईलाई मनमा लागेका कुराहरु निर्धक्क भएर लेख्न सक्नु हुन्छ र इन्टरनेटको माध्यमबाट संसारभरि रहेका साथीहरुसंग तपाईका भावना, विचार, आदि साट्न सक्नुहुन्छ र इन्टरनेटकै माध्यमबाट सल्लाह, सुझाब वा प्रतिक्रिया लिन सक्नु हुन्छ।  ब्लग शब्द वेबलग (Weblog) लागि छोटो रुप हो। 
     ब्लग सन् १९९० तिर सुरुवात भएको मानिन्छ। तर सन् २००० पछि मात्र यसको प्रयोग र बिकाश भएको पाइन्छ। अहिले ब्लगको व्यापक प्रयोग हुन थालेको छ।  

ब्लग कसरी बनाउने ?
        ब्लग निशुल्क बनाउन सकिन्छ। ब्लग बनाउनको लागि www.blogger.com , www.wordpress.com , www.joomla.com , प्रयोग गर्न सकिन्छ। आज म तपाईहरुलाई www.blogger.com बाट ब्लग बनाउन  सिकाउछु।

     सर्वप्रथम तपाईले जीमेलमा आफनो एकाउन्ट खोल्नुहोस् । त्यसपछि www.blogger.com खोल्नुहोस् र जिमेल UsernamePassword प्रयोग गरेर Sign In गर्नुहोस् ।
      त्यसपछि Create New Blog मा Click गर्नुहोस् । त्यसपछि Blog Title मा ब्लगको नाम/शीर्षक राख्नुहोस्, Blog Address मा तपाइले चाहेको ब्लगको ठेगाना राख्नुहोस् (जस्तै : www.nabin.blogspot.com) (तपाईले राख्ने रातो अक्षरमा देखाईएको जस्तो मात्र हो ) ध्यान दिनुहोस् तपाइले लेखेको ठेगानामा कतै पनि स्पेस हुनुहुँदैन । तपाइले लेखेको ब्लगको ठेगाना छ कि छैन भन्न Check Availability मा खोज्नुहोस् । यदि छ भने तपाइको Blog Address छ भन्ने लेखिएको हुन्छ यदि भएन भने त्यहां Sorry, this blog address is not available यस्तो म्यासेज आउंछ । त्यसपछि तपाईले ब्लग टेम्पलेट छान्नुपर्ने हुन्छ (ब्लग टेम्पलेट पछि पनि परिवर्तन गर्न सकिन्छ )  ब्लग टेम्पलेट छानिसकेपछि Create Blog  मा Click गर्नुहोस् ।
        यति गरिसकेपछि तपाईको ब्लग/वेवसाईट तयार भयो ।
XML/HTML को ज्ञान छ भने यसको सहयोगबाट तपाईको ब्लग/वेवसाईटलाई थप आर्कषक बनाउन सक्नुहुनेछ ।

 ब्लग/वेवसाईटमा पोष्ट कसरि गर्ने ?
       ब्लग/वेवसाईटमा पोष्ट गर्न www.blogger.com मा Login गर्नुहोस् र पोस्ट गर्नुपर्ने ब्लगमा Click गर्नुहोस। ब्लग मा Click गरिसके पछि ब्लगको Dashboard  खुल्छ, Dashboard खुलेपछि त्यहाँ रहेको New Post मा Click गर्नुहोस् । त्यसपछि Post Title लेखेको ठाँउमा Title र तल Content राख्नुहोस् अनि Publish गर्नुहोस् । तपाइको कन्टेन्ट को आधारमा कन्टेन्टलाई क्याटोगोराईज गर्न सक्नु हुन्छ, त्यसको लागि  Labels बाट Choose गर्न सक्नुहुन्छ।  पहिलो पटक Label आफै Type गर्नुपर्ने हुन्छ।   
      अब तपाईको पोष्टको Link बाड्नुहोस् र तपाईको पोष्टको त्यो Link प्रयोग गरि संसारको जुनसुकै ठाँउबाट तपाईको पोष्ट पढ्न-हेर्न सक्नुहुनेछ ।


मुक्तक


दुख पिडा बिर्सेर बाँच्नुपर्छ जिन्दगिमा
आँशुलाई स्विकार गरि हाँस्नुपर्छ जिन्दगिमा

सबैसबै यो संसारमा उस्तै हुँदैनन्
मान्छे चिनेर, नाता जोड्नुपर्छ जिन्दगिमा 
कविता - रहर

बर्षौपछि
बन्द पुस्तकालयबाट
निकालिएका पुस्तकहरुजस्तै
पुलकित
भएका छन् मेरा मनभित्रका रहरहरु
तिमिलाई देखेपछि.........
गजल

सानो ठुलो जातमा विभाजित गराएर
आफैलाई महान प्रमाणित गराएर

यो दुँनिया कहाँ पुग्न खोजिरहेछ
मेसिनलाई मानव सावित गराएर

सरकार यो कस्तो विकाश गर्छु भन्छस्
जनतालाई घरवाट विस्थापित  गराएर

फर्कैर मुस्कान पक्कै आउनेछ
आशु र रोदनलाई  पराजित गराएर

Contact Me